Logo
Logo

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड देखाएर हिँडडुल गर्न सक्ने


693
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको दिन भोलि फागुन २१ गते पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्र वा सञ्चार रजिस्ट्रारको कार्यालय वा निर्वाचन आयोगले जारी गरेका कार्ड देखाएर हिँडडुल गर्न सक्ने भएका छन्।

आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले सूचना संकलन तथा सम्प्रेषण गर्न पत्रकारहरूले सूचना विभागले जारी गरेको प्रेस परिचय पत्र वा सञ्चार रजिस्ट्रारको कार्यालयबाट जारी भएका कार्ड देखाएर सवारी चलाउन र हिँडडुल गर्न सक्ने बताए।

आयोगले सूचना विभागको कार्ड नभएका पत्रकार र कर्मचारीलाई पास वितरण गरेको छ।
आयोगले उपलब्ध गराएको पास नभएकाहरूले सूचना विभाग र सञ्चार रजिस्ट्रारको कार्यालयबाट लिएका कार्ड देखाएर हिँडडुल गर्न सक्नेछन्।

आयोगले यस विषयमा सुरक्षा निकायलाई पनि जानकारी दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्