Logo
Logo

प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति


3.5k
Shares

विराटनगर । उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ । कटारी नगरपालिका-३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहान ७ः१० बजेतिर घटना भएको हो ।

The current image has no alternative text. The file name is: Hawai-fire.jpg

नेपाल प्रहरीले बोकेको सटगनबाट गोली पड्किएको थियो । प्रहरीले बोकेको हतियारबाट गोली पड्किएर मतपेटिकामा क्षति पुगे पनि मानवीय र अन्य भौतिक क्षति भने नभएको जनाइएको छ ।

गोली पड्किएर क्षति पुगेको मतपेटिका फेरेर मतदानलाई सुचारु राखिएको छ । मतदानमा अन्य कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्