काठमाडौं । बालेन्द्र साह चढेको हेलिकप्टर अवतरण गर्न नसक्दा काठमाडौंमै फर्किएको छ ।

उनी झापा क्षेत्र नम्बर ५ का उम्मेदवार हुन् । काठमाडौंमा मत खसालेलगत्तै उनी निजी हेलिकप्टरमा झापा प्रस्थान गरेका थिए ।
कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकि काठमाडौं फर्किएको हो ।











