Logo
Logo

तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : पूर्वाधारमन्त्री लम्साल


315
Shares

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: sunil-lamsal-1.jpg

 सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले  सोबारे जानकारी गराएका हुन् । विपद्का कारण नाका सञ्चालनमा समस्या आएपनि सरकारले तत्काल सडक तथा पूर्वाधार पुनःस्थापनाका लागि काम गरिरहेको बताए। उनले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको भएपनि चिनियाँ पक्षबाट अझै अनुमति प्राप्त नभएको जानकारी दिए । 

उनले भने, ‘रसुवागढी नाका कसरी खुलाउने भन्ने विषयमा पनि हामी लागिरहेका छौँ। अहिले तातोपानी नाकामा नेपाली पक्षलाई कुनै समस्या छैन । तातोपनी नाका सञ्चालनको लागी  नेपाली पक्षले तत्कालै त्यो बाटो सञ्चालनमा ल्याइसकेको छ । अहिले पनि हामी तयार छौँ । हाम्रो लागि त्यो नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन । चीन पक्षसँग पनि हामी नियमित संवादमा छौँ । दैनिकजसो नै संवाद भइरहेको छ । तर उहाँहरू अझै तयार भइसक्नुभएको छैन। हाम्रो संवाद निरन्तर भइरहेको छ । बाढी जाने तथा अन्य विपद्का कारण देखाएर चिनियाँ सरकार यस्ता अवस्थामा केही हदसम्म अनिच्छुक हुने गरेको देखिन्छ । विपद्को अवस्थामा नाका सञ्चालन गर्नका लागि उहाँहरूले अझै ‘ग्रिन सिग्नल’ दिइसक्नुभएको छैन । हामी प्रयास गरिरहेका छौँ । मलाई लाग्छ, चाँडै नै हामी नाका खोल्न सफल हुनेछौँ ।’

मन्त्री लम्सालले रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको पुनः सञ्चालन गर्नमा पनि सरकारले योजना बनाइरहेको बताए । नुवाकोटको विदुरलाई ट्रेड सिटी, इन्डस्ट्रियल सिटी र स्याटेलाइट सिटीका रूपमा विकास गर्ने सरकारको योजना रहेको उनको भनाई छ । त्यसका लागि मास्टर प्लान तयार गर्ने काम अघि बढाउने उनले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस्