Logo
Logo

ओली झापा नजाने, बालेन भोलि मात्रै जाने


3.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै मतदान गरेका छन्।

भक्तपुर क्षेत्र नम्बर २ मा पर्ने सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले भर्खरै मतदान गरेका हुन्।

ओली प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट उम्मेदवार छन्। मतदानपछि ओली आफू उम्मेदवार रहेको झापा ५ मा जाने कार्यक्रम थियो।

तर, त्यसलाई स्थगित गरेर ओली भक्तपुरको गुण्डुमै बसेको एमालेका केन्द्रीय सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिए।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पनि काठमाडौँमा मतदान गरेर झापा गएका थिए। तर, उनी हेलिकप्टर अवतरण नगरी बीच बाटोबाटै काठमाडौँ फर्किएका थिए।

बालेन पनि झापा ५ बाट उम्मेदवार छन्। बालेनको सचिवालयका अनुसार उनी आज काठमाडौंमै रहने छन् । भोलि बिहान झापा जाने कार्यक्रम तय भएको बालेनका निकट सहयोगी कुमार बेनले जानकारी दिए । बेनका अनुसार केबाट जाने भन्ने निधो भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्