Logo
Logo

प्रचण्डको निर्वाचन क्षेत्रको मतगणना शुक्रबार मात्रै हुने


882
Shares

काठमाडौं । रुकुम पूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ । सडक सञ्जालको पहुँचमा नरहेका र हिँडेर एक दिन लाग्ने तीन ठाउँका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम रुकुमकोट ल्याइएको हो ।

सिस्ने गाउँपालिका–१ पाखापानी मतदान केन्द्र, पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माको हिमाल आवि पेल्मा मतदान केन्द्र र सोही वडाको हार्दिबाङ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत जिल्ला सदरमुकाम ल्याइएको हो ।

अन्य मतदान केन्द्रका मतपेटिकाहरु ल्याउने क्रम जारी छ । मध्यरातिसम्म सबै ठाउँको मतपेटिका सङ्कलन भइसक्ने सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदिले जानकारी दिए ।

उनका अनुसार शुक्रबार बिहान सर्वदलीय बैठक बसेर मत गणना सुरु गरिनेछ । ५६ मतदान केन्द्र रहेको रुकुमपूर्वमा ३४ हजार ७७२ मतदाता थिए ।

सबै ठाउँमा टेलिफोन सम्पर्क नभएकाले जिल्लामा खसेको कुल खसेको मतको परिणाम भने आइनसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्