काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजाल उपसभापति पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनले आज बिहान आफू निकटका नेता-कार्यकर्ताहरुसँगको छलफलमा उपसभापति पदमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन् ।

डा.रिजाल मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । त्यतिबेलैदेखि उनले उपसभापति पदमा प्रतिस्पर्धा गर्ने चर्चा चलेको थियो । तर रिजाल आफैँले भने आफूलाई कुनै पनि पदको आकांक्षा नभएको बताएका थिए ।
कांग्रेसको १५ औँ महाधिवेशनमा आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुनुभन्दा केही समय अगाडिमात्रै रिजालले उपसभापति पदमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।
१४ औँ महाधिवेशनमा उनी महामन्त्री पदमा पराजित भएका थिए । पराजित भएपछि उनले रक्षामन्त्री पदबाट राजीनामा समेत दिएका थिए ।













