Logo
Logo

बालेन चढेको हेलिकोप्टर बिच बाटोबाटै फर्किएको घटनाबारे निर्वाचन आयोगले के भन्यो ?


1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह हेलिकोप्टर चढेर बीच बाटोबाटै फर्किएको घटनाबारे निर्वाचन आयोग नेपालले प्रस्टिकरण दिएको छ ।

मतदान सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले परम्पराअनुसार नै दलका शीर्ष नेताहरूलाई हेलिकोप्टर प्रयोगको अनुमति दिइएको बताएका हुन्।

उनले भने, ‘परम्परादेखि नै पार्टीका उच्च नेता र उहाँका सहयोगीलाई हेलिकोप्टर प्रयोगको अनुमति दिँदै आएका छौँ। सोहीअनुसार हामीले केही दललाई अनुमति दिएका हौँ। दलका शीर्ष नेताहरूले स्वीकृतिअनुसार हेलिकप्टर प्रयोग गर्नुभएको छ।’

हेलिकोप्टर काठमाडौं फर्किएपछि रास्वपाका नेता बालेन शाह को सचिवालयले आयोगको अनुमति लिएर गएका भए पनि सुरक्षाका कारण बीच बाटोबाटै फर्किएको जनाएको थियो।

यस विषयमा थप स्पष्ट पार्दै भण्डारीले भने, ‘कतिपय नेताहरूले हेलिकोप्टरको स्वीकृति लिएर बीच बाटोसम्म पुगेपछि सुरक्षाका कारण त्यहाँ जान उपयुक्त छैन भनेर फर्किएको भन्ने प्रारम्भिक जानकारी हामीले पाएका छौँ। तर त्यस सम्बन्धमा निकालिएको भनिएको विज्ञप्तिबारे आयोगलाई औपचारिक जानकारी छैन। यदि कतैबाट त्यस्तो विज्ञप्ति सार्वजनिक भएको हो भने त्यो कहाँबाट र कसरी निस्कियो भन्ने विषयमा पनि हामी अध्ययन गर्नेछौँ।’

प्रतिक्रिया दिनुहोस्