Logo
Logo

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकाले दियो बधाई


756
Shares

काठमाडौं । नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले बधाई दिएको छ । आज सम्पन्न मतदानपछि नेपालस्थित अमेरिकी दूतावासले एक वक्तव्य जारी गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाललाई बधाई दिएको हो ।

The current image has no alternative text. The file name is: whitehouse.jpg

दूतावासले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ । यसैबीच, निर्वाचन आयोगका अनुसार आज सम्पन्न मतदानमा करिब ६० प्रतिशत मत खसेको छ । अहिले देशभरका मतदान केन्द्रबाट मतपेटिका गणनास्थलमा सार्ने काम जारी रहेको छ । केही स्थानमा भने आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्