Logo
Logo

निर्वाचन परिणामले जेनजी पुस्ताको आकांक्षा सम्बोधन गर्नेछ : रवि


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले जेनजी पुस्ताको अपेक्षालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् ।

The current image has no alternative text. The file name is: rabi-4.jpg

बिहीबार देशभरको मतदान सम्पन्न भएलगत्तै एक विज्ञप्ति जारी गर्दै उनले निर्वाचनको परिणामले जेनजी पुस्ताको अपेक्षालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका हुन् । लामिछानेले चौतर्फी चुनौतीका बाबजुद ऐतिहासिक निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए । उनले असहज परिस्थितिका बीच पनि निर्धारित मितिमै चुनाव गराउन सफल भएकोमा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको प्रशंसा गरे ।

रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन सम्पन्न गर्न अहोरात्र खटिनुभएका प्रधानमन्त्रीज्यू, सरकारका निकाय, निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय र सञ्चार जगतप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।’

रविले मतदानमा उत्साहजनक रूपमा सहभागी हुने आम मतदाताप्रति आभार प्रकट गरे । साथै, अब आउने नतिजाले लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति जेनजी पुस्ताले राखेको आकाङ्क्षालाई न्याय गर्ने उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्