
गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानी सैन्य अखडामाथि भीषण हमला गरे । जेनेभा शान्ति वार्ताको भोलिपल्टै भएको यो हमला साधारण सैन्य कारबाही मात्र थिएन, इरानको सत्ता नै पल्टाउने प्रयास थियो । हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिए । त्यसपछि धेरैलाई लाग्यो– अब इरानको खेल सकियो, अमेरिकाले चाहेजस्तै सत्ता परिवर्तन हुनेछ ।
खामेनेईको मृत्युपछि अमेरिका र इजरायलले युद्ध जितेको उद्घोष नै ग¥यो । उनीहरूलाई लाग्यो अब– आफू अनुकुल इरानमा सत्ता परिवर्तन हुन्छ । तर, घटनाक्रम ठीक उल्टो दिशामा मोडियो । अमेरिकाले चाहेजस्तो न इरानको सत्ता ढल्यो, न त तेहरान झुक्यो ।
युद्ध जति लम्बिँदै छ, इरान उति नै आक्रामक र आत्मविश्वासले भरिएको देखिँदैछ । हिजोसम्म दबाबमा देखिएको इरानले अहिले शान्ति वार्ताका लागि तीनवटा ‘चट्टानी सर्त’ तेस्र्याएको छ । तेहरानले इरानको वैधानिक अधिकारको स्पष्ट मान्यता, युद्धको क्षतिपूर्ति र भविष्यमा फेरि आक्रमण नहुने अन्तर्राष्ट्रिय ग्यारेन्टीको माग गरेको छ । यी तीन सर्त पूरा नभएसम्म वार्ताको ढोका नै नखुल्ने अडान छ । त्यसैले अहिले अमेरिकाको लागि इरानविरुद्ध सैन्य कदम चाल्नु निल्नु न ओकल्नु भएको छ ।
(बाँकी भिडिओमा)











