Logo
Logo

सुशीला कार्की पनि नातावादको दलदलमा (भिडिओ रिपोर्ट)


693
Shares

नेपाली राजनीतिमा एउटा उखान सदाबहार छ– ‘जुनै जोगी आए पनि कानै चिरेको ।’ हिजोका पुराना भनिने दलहरूले कुशासन र नातावादको डंगुर थुपारेकै कारण देशमा जेनजी विद्रोह भयो । त्यही आन्दोलनको राप र तापबाट जन्मिएको ‘नागरिक सरकार’की सारथी बनिन् पूर्वप्रधानन्यायाधीश सुशीला कार्की । तर, विडम्बना ! कार्यकालको उत्तराद्र्धमा आइपुग्दा कार्कीले पनि उही पुरानै रोगको सङ्क्रमण देखाइन् ।

प्रधानमन्त्री कार्कीले संकटको बेला देश सम्हाल्दै आफूले पाएको म्यान्डेट अनुसार तोकिएकै समयमा सफलतापूर्वक निर्वाचन सम्पन्न गराइन् । यसले व्यापक वाहवाही पाएको थियो । तर, एउटै निर्णयले त्यो प्रतिमूर्तिको सबै सम्मानलाई एकैछिनमा खरानी बनाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्