Logo
Logo

कैलालीमा सशस्त्रका डीएसपीमाथि हातपात, ३३ सुरक्षाकर्मी जिल्ला तानिए


6.4k
Shares

काठमाडौं । कैलालीको खक्रोला नाकामा रहेको शसस्त्र प्रहरीको बिओपीमै छिरेर स्थानीय युवा तथा ब्यापारीले डीएसपीसहितका प्रहरीमाथि हातपात गरेका छन् ।

टिकापुरस्थित खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टरमा विल सहितको सामान नियन्त्रणमा लिएको विषयलाई लिएर गुल्मभित्र भीड पसेको हो ।

त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । सोहीबारे गुल्ममा टीकापुर उद्योग वाणिज्य संघको टोली समेतको सहभागितामा छलफल भएको थियो । छलफल सकिएपछि स्थानीय युवा र केही ब्यापारी गुल्ममै छिरेर डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेका हुन् ।

प्रहरीमाथि हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सशस्त्र प्रहरी बलको ७ नं. वैद्यनाथ बाहिनीले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

घटनापछि गुल्ममा कार्यरत डीएसपी पौडेल बाहेक ३३ जनाको सिंगो टोलीलाई धनगढी तान्ने निर्णय भएको छ । मंगलबार साँझ टीकापुरको एसजीए ट्रेडर्सले ल्याएको विल सहितको सामानलाई सशस्त्रको बीओपी टोलीले ‘अवैध’ भन्दै नियन्त्रणमा लिएपछि तनाव भएको थियो ।

प्रतिक्रिया दिनुहोस्