
कांग्रेस एमाले लगायत पुराना दलहरूले सुशासनको प्रत्याभूति दिन र भ्रष्टाचारको जालो तोड्न नसकेपछि सिर्जित जनआक्रोशले गत भदौमा जेनजी विद्रोहको रूप लियो । यही युवा जागरण र जनविद्रोहको जगमा निर्धारित समयभन्दा दुई वर्षपूर्व नै आमनिर्वाचन सम्पन्न भयो ।
परिणामतः जनताले पुराना शक्तिहरूको अकर्मण्यतालाई मतपत्रमार्फत दण्डित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई झण्डै दुई–तिहाइको ऐतिहासिक जनादेश सुम्पिएका छन् । अबको समय केवल डेलिभरी र नतिजाको हो, जहाँ जनताले शब्दमा होइन, व्यवहारमा सुशासनको प्रत्यक्ष अनुभूति खोज्नेछन् । अबको केही दिनभित्रै रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन हुँदै छ । र, उनको वास्तविक परीक्षाको घडी पनि त्यहीँबाट सुरु हुनेछ ।
नेपालमा दशकौँदेखि सुशासन राजनीतिक भाषण र दस्तावेजमा सीमित छ । यस्तोमा, निर्वाचनका बेला रास्वपाले सार्वजनिक गरेको ‘२०४६ सालपछिका सबै भ्रष्टाचारका फाइल खोल्ने’ महत्त्वाकांक्षी वाचा कति कार्यान्वयन होला ?
बाँकी भिडिओमा











