काठमाडौं । गायक जिदान गुरुङको स्वरमा रहेको ‘यो भिडमा’ बोलको गीत सार्वजनिक भएको छ।

गीतका शब्द रवि के अधिकारीले लेखेका हुन् भने संगीत संयोजन राजेन्द्र तामाङ (वैबा) ले गरेका छन्। त्यस्तै, गीतको मिक्सिङ तथा मास्टरिङ महेशवर्मन राजभण्डारीले गरेका हुन् भने रेकर्डिङ साउन्डमिल स्टुडियोमा गरिएको हो।
म्युजिक भिडियोमा अनुप न्यौपाने र सविना राउतको अभिनय देख्न सकिन्छ। भिडियोको कथा तथा निर्देशन पनि राजेन्द्र तामाङकै रहेको छ भने छायांकन तथा सम्पादन नियोन लामाले गरेका छन्।
गीत सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ। यस गीतले नेपाली संगीत क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। उक्त गीतको भिडियो ‘म्युजिकल टेल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।











