Logo
Logo

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई कसले रोक्यो ?


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक नगर्दा आशंका र उपशंका जन्माएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक नगरेकोप्रति आशंका व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन । यसले अनेक आशंका र उपशंका जन्माएको छ ।’
यस्तै उनले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो ? भन्दै प्रश्न समेत गरेका छन । ‘अब अन्तरिम सरकारको समय सकिएको छ, जाने बेला समेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदैछ ? आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरुका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो,’ उनले भनेका छन् ।

साथै नेता पौडेलले कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको जानकारी दिए । ‘नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको छ । म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्