काठमाडौं । इरानले इजरायलतर्फ प्रहार गरेका क्षेप्यास्त्रमा स्पेनका प्रधानमन्त्रीको अभिव्यक्ति समेटेर पठाएको तथ्य सार्वजनिक भएको छ ।

रिपोर्टका अनुसार ती क्षेप्यास्त्रमा स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजको तस्बिर र उनको भनाइ लेखिएका स्टिकर टाँसिएको देखिएको छ । हालै उनले युद्धको विरोध गर्दै अमेरिका-इजरायलका आक्रमणलाई गैरकानुनी र खतरनाक बताएका थिए ।
इरानले सोही अभिव्यक्तिलाई क्षेप्यास्त्रमा राखेर सन्देश दिन खोजेको रूपमा हेरिएको छ । सार्वजनिक भएका तस्बिरहरूमा क्षेप्यास्त्रमा सान्चेजको तस्बिरसहित उनको भनाइ उल्लेख गरिएको देखिन्छ । क्षेप्यास्त्र प्रहारका क्रममा इरानी सैनिकहरूले नाराबाजी समेत गरेको बताइएको छ ।











