Logo
Logo

कार्की आयोगको नजरमा एआईजी शाह ‘हिरो’ र दोषी’ दुवै


1.3k
Shares

काठमाडौं । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले एकै व्यक्तिमाथि कारबाही र पुरस्कार दुवै सिफारिस गरेको पाइएको छ ।

आन्दोलनका बेला प्रहरी प्रधान कार्यालयको कार्य विभाग (हाल प्रहरी एकेडेमी) मा रहेका एआईजी सिद्धिविक्रम शाहलाई कारबाही र पुरस्कार दुबै सिफारिस गरिएको कार्की आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदनमा भेटिएको हो ।

आयोगले प्रतिवेदनको पृष्ठ ६८९ मा एआईजी शाहलाई पुरस्कृत गर्नुपर्ने आयोगले औंल्याएको छ । ‘२४ भदौमा टंगालको भाटभेटेनी र नक्लासको हिल्टन होटल जलाई प्रहरी प्रधान कार्यालय आक्रमण गर्न खोज्दा कार्य विभाग प्रमुख एआईजी शाहले आक्रमणकारीलाई मुल गेटभित्र प्रवेश गर्न नदिई नेतृत्वदायी भूमिका निर्वाह गरी प्रहरी प्रधान कार्यालय पूर्णरुपमा सुरक्षित राख्न सफल भएको हुँदा उनलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्नुपर्ने देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ।

सँगै एआईजी शाहलाई आयोगले कारबाहीका लागि पनि सिफारिस गरेको छ । प्रतिवेदनको पृष्ठ ७२५ मा कारबाही सिफारिस विवरणमा एआईजी शाहको नाम उल्लेख गरिएको छ । एआईजी शाहलाई प्रहरी ऐन २०१२ को दफा ९ को उपदफा (४) र प्रहरी नियमावलीको नियम १०९ अनुसार विभागीय कारबाहीका लागि सिफारिस गरिएको हो । जहाँ कर्तव्य पालनामा देखिएको कमजोरी र निर्वाह गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्