Logo
Logo

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्दाहेर्दै’मा


756
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिट आज हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा भएको सुनुवाइमा निवेदक पक्षका वकिलहरूले पक्राउको कानुनी र संवैधानिक आधार नरहेको तर्क गरेका थिए। सरकार पक्षको बहस भोलिका लागि तोकिएको छ ।

सुनुवाइ आइतबार दिउँसोदेखि सुरू भएको थियो र आज निवेदक पक्षका वकिलहरूले मात्र बहस सकेका छन् । बहस पूर्ण नहुँदासम्म रिट हेर्दाहेर्दैमा राखिएको हो ।

भदौ २३ र २४ को घटनासँग सम्बन्धित जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरीले ओली र लेखकमाथि अनुसन्धान र अभियोजन अघि बढाउने निर्णय गर्दै दुवैलाई चैत १४ गते बिहान पक्राउ गरेको थियो।

उनीहरू दुवै जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्