Logo
Logo

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा गृहमन्त्री सुधन गुरुङको छड्के


1k
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा छड्के अनुगमन गरेका छन् ।

सोमबार बिहान मन्त्री गुरुङले दुवै कार्यालयको स्थलगत निरीक्षण गर्दै सेवा प्रवाहको अवस्था, कर्मचारी अनुशासन र वेबसाइट ह्याकिङ सम्बन्धी विषयमा प्रत्यक्ष जानकारी लिएका हुन् ।

राष्ट्रिय परिचयपत्र वितरणमा देखिएको ढिलासुस्ती र नागरिकले भोग्नुपरेको सास्तीलाई छिटो, छरितो र प्रभावकारी बनाउने विषयमा मन्त्री गुरुङले विशेष चासो व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्