Logo
Logo

सेयर बजारबाट ठूला लगानीकर्ता बाहिरिने खतरा बढ्यो : कृष्णबहादुर रोकाय


504
Shares

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले सेयर बजारबाट ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको रहेको बताएका छन् । 

सेयर बजारमा सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरू बाहिरिने खतरा रहेको ल्याउँदै सरकारले विशेष कदम चाल्नुपर्ने उनको माग छ । 

उनले भने, ‘अहिले त्रासका कारण ठूला व्यवसायी बजारबाट बाहिरिने खतरा बढेको छ । यसतर्फ सम्माननीयज्यूमार्फत म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

सोमबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद रोकायले सेयर बजारमा आएको गिरावटले लगानी कर्तामा नकारात्मक भाष्य निर्माण भएको बताए ।  उनले भने, ‘सेयर बजारमा लगानी कर्ताले करिब ३ खर्ब गुमाएका छन् । नयाँ र बलियो सरकार आइसकेपछि उद्योगी, व्यवसायी उत्साही पनि थिए । तर सरकारले उद्यागी व्यवसायी माथि गरेको एक्शनले पुँजी बजार अव बढ्न पाउँदैन भन्ने नकारात्मक भाष्य सृजना भएकाले नेप्सेमा लगातार उच्च अङ्कको गिरावट देखिएको स्टक ब्रोकर एशोसिशनले जनाएको छ,’ उनले भने ।

यता बालेन शाहले सरकारको नेतृत्व सम्हालेसँगै सेयर बजार निरन्तर ओरालो लागेको छ । कारोबारको दोस्रो दिन आज सोमबार बजार बढेको छ । आइतबार मात्रै नेप्से १०० अङ्क भन्दा धेरैले बढेको छ । 

प्रतिक्रिया दिनुहोस्