Logo
Logo

परराष्ट्रमन्त्री शिशिर खनाल र स्वीजरल्याण्डकी राजदुतबीच भेटवार्ता 


567
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलीले शिष्टाचार भेट गरेकी छन् ।

The current image has no alternative text. The file name is: bhet-barta.jpg

परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा  राजदूत डा. मेउलीले स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो कासिसको तर्फबाट मन्त्री खनाललाई पदभार ग्रहणको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेकी थिइन् ।

भेटका क्रममा नेपाल र स्वीजरल्याण्डबीचको लामो समयदेखिको मैत्री सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्