Logo
Logo

निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण शिविर गर्दै चाइना ट्रेड सहकारी


0
Shares

काठमाडौं । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ४० वर्षमाथिका पुरुष सदस्य तथा सर्वसाधारणलाई लक्षित गर्दै प्रोस्टेट क्यान्सर परीक्षण शिविर सञ्चालन गर्ने भएको छ।

संस्थाले ‘समयमै जाँच गरौँ, प्रोस्टेट क्यान्सरलाई जितौँ’ भन्ने नारासहित आयोजना गर्न लागेको उक्त शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षणबाट लाभ लिन सबैलाई आग्रह गरेको छ।

६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत २७ गते शुक्रबार गणबहालस्थित नेपाल आदर्श माध्यमिक विद्यालयमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म शिविर सञ्चालन हुने संस्थाले जनाएको छ।

संस्थाका अनुसार शिविर वीर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ। साथै, कार्यक्रममा काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग, काठमाडौं महानगरपालिका–२२ नं. वडा कार्यालय, नेपाल व्यापार संघ, न्यूरोड तथा लायन्स क्लब अफ काठमाडौं आस्था पुञ्जको सहकार्य रहनेछ।

शिविरमार्फत समयमै स्वास्थ्य परीक्षणको पहुँच विस्तार गर्ने, विशेषगरी वृद्ध उमेर समूहमा देखिने प्रोस्टेटसम्बन्धी समस्या पहिचान गरी उपचारमा सहजता ल्याउने उद्देश्य राखिएको संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनले सहकारीको सामाजिक उत्तरदायित्व र समुदायप्रतिको सरोकारलाई केन्द्रमा राखेर संस्थाले सदस्यहरूको आर्थिक हितसँगै स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा पनि योगदान दिँदै आएको बताए।

यस प्रकारका कार्यक्रमले सहकारीको समुदायमैत्री सेवा र सदस्यकेन्द्रित अभियानलाई अझ प्रभावकारी बनाउने संस्थाको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्