
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आज जनकपुर जाँदै छन् । प्रदेशस्तरी निर्वाचन समीक्षात्मक कार्यक्रमका लागि उनी जनकपुर जान लागेका हुन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा अपेक्षित नतिजा नआएको विषयमा समीक्षा गर्न कांग्रेसले मधेस प्रदेशको जनकपुरमा आज कार्यक्रम गर्दैछ ।
फागुन २१ को निर्वाचनमा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.अमरेशकुमार सिंहसँग पराजित भएपछि थापा आज पहिलो पटक मधेस झर्न लागेका हुन् । कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रमपछि सभापति थापा सर्लाही ४ जाने कार्यक्रम छ ।
सबै प्रदेशमा हुने समीक्षा कार्यक्रममा क्षेत्रका उम्मेदवार, क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशका केन्द्रीय सदस्य, समानुपातिक तर्फका उम्मेदवारहरू, प्रदेशका पदाधिकारीहरूसँग सभापति थापा सहभागी हुने छन् ।
कांग्रेसले मधेस प्रदेशको जनकपुपछि यही चैत २७ गते पोखरा, चैत २९ गते बुटवल, वैशाख ३ गते सुर्खेत, वैशाख ५ गते धनगढी, वैशाख ७ गते हेटौंडा र वैशाख ९ गते विराटनगरमा चुनावी समीक्षा कार्यक्रम राखेको छ ।










