Logo
Logo

सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले बढ्यो


882
Shares

काठमाडौं । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडा बढाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने तयारी गरेको हो ।

सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

यस्तै, मालवाहक सवारी साधनको भाडामा पनि उल्लेख्य वृद्धि भएको छ । पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा वृद्धिका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको छ । विभागले केही समयभित्रै आफ्नो आधिकारिक वेबसाइटमार्फत नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र अन्य प्राविधिक कारण देखाउँदै यातायात व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्