Logo
Logo

पशुपति क्षेत्रमा फेला परेका फ्रान्सेली नागरिकलाई बुझाइयो अध्यागमन विभाग


63
Shares

काठमाडौं । पशुपति क्षेत्रमा फेला परेका फ्रान्सेली नागरिकलाई प्रहरीले उद्धार गरी अध्यागमन विभागमा बुझाएको छ। नेपाल प्रहरीले बुधबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको हो।

ती फ्रान्सेली नागरिक विगत ६ वर्षदेखि नेपाली श्रीमतीसँग नेपाल बस्दै आएको खुलेको छ । आर्थिक कारणले उनले आफ्नो पासपोर्ट, मोबाइल, ल्यापटप लगायत अन्य सामानहरू आफू बसेकै होटलमा छाडेर हिँडेको प्रहरीले जनाएको छ।

उनीमाथि कसैले चोरी वा लुटपाट नगरेको पनि प्रहरीले खुलाएको छ।

‘उनीसँग सोधपुछ गर्दा उनको सामान चोरी वा लुटपाट नभएको खुलेको हुँदा कुनै पनि तस्बिर वा भिडिओको वास्तविकता नबुझी सामाजिक सञ्जालमा शेयर नगर्न, केही लाइक्स वा भ्युजको लागि भ्रम र अफवाह फैलाउने कार्य निरूत्साहित गर्न पनि अनुरोध गर्दछौं,’ प्रहरीले भनेको छ।

सामाजिक सञ्जालमा फ्रान्सेली नागरिकमाथि लुटपाट भएपछि देश फर्किन नसकेको भन्ने भ्रामक भिडिओ तथा पोष्टहरू प्रकाशन भएका थिए।

प्रतिक्रिया दिनुहोस्