Logo
Logo

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मात्र


0
Shares

काठमाडौं । एनसेलले कल र इन्टरनेट सेवाको शुल्क आक्रामक रूपमा घटाउँदै आफ्ना प्रिपेड ग्राहकहरूका लागि आकर्षक अनलिमिटेड कम्बो प्याक सञ्चालनमा ल्याएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल, र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधाहरू रहेको छन् जसले ग्राहकहरूलाई २८ दिनसम्म ढुक्क रहन मद्दत गर्दछ ।

कम्पनीले यसअघि प्रदान गर्दै आएको १९९९ रुपैयाँको कम्बो अनलिमिटेड कल र इन्टरनेट सेवाको तुलनामा यो प्याकमा पाइने उही सेवाहरूको मूल्य ६५ प्रतिशतले घटेको छ । कर सहित ६९९ रुपैयाँ शुल्क पर्ने यो कम्बो प्याकको समयावधि २८ दिन रहेको कम्पनीले जनाएकाे छ ।

कुनै पनि नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने, अनलिमिटेड डेटा, दैनिक १०० एसएमएस र लायन्स गेट प्लेमा निःशुल्क पहुँच यो प्याकका मुख्य विषेशताहरू हुन् । ग्राहकले सजिलै एस्ट्रिक्स १२३ ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी एनसेल एप वा नजिकैको एनसेल सेन्टर वा एनसेल पसलबाट पनि यो प्याक लिन सकिन्छ ।

‘कनेक्टिभिटीको महत्त्व र दूरसञ्चार सेवाप्रतिको बढ्दो मागलाई ध्यानमा राख्दै, नयाँ वर्ष २०८३ को अवसर पारेर, हामीले अनलिमिटेड डेटा र कलसहितको यो प्याक सञ्चालनमा ल्याएका छौँ । यो विशेष प्याकले सेवाको लागत थप घटाउँदै ‘बेस्ट भ्यालु’ प्रदान गर्दछ र ग्राहकहरूको जीवनलाई नन् स्टप र डिजिटल बनाउँदै सधैं अन रहन सहयोग पुर्‍याउने विश्वास लिएका छौं,’ एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने ।

नेपाली उपभोक्ताहरूलाई सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै यो प्याक सञ्चालनमा ल्याएको र यसले विभिन्न सेवा सुविधाहरू अनलाइनबाटै उपलब्ध गराउने सरकारको योजनामा मद्दत गर्ने दत्ताले बताए ।

अनलाइनमार्फत कारोबार, किनमेल, वर्क फ्रम होम, पढाई, गेमिंङ वा मनोरञ्जन सबैका लागि डेटा सेवाको महत्त्व धेरै रहन्छ । यो प्याकले मनोरञ्जनाका लागि ग्राहकहरूलाई लायन्स गेट प्लेका विभिन्न प्रकारका सामग्रीहरूमा पहुँच सुनिश्चित गर्दछ ।

कम्पनीका अनुसार यसमा हलिउडका हिट फिल्महरूदेखि लिएर, टीभी सोहरू, लायन्स गेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्ट, वृत्तचित्रलगायत सामाग्री रहेका छन् जसले ग्राहकलाई भरपुर मनोरञ्जन प्रदान गर्दछ । लायन्स गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर साथै एमेजोन फायर टीभी स्टिकमार्फत डाउनलोड गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्