Logo
Logo

कुन मन्त्रीको सम्पत्ति कति ?


252
Shares

बालेन शाह नेतृत्वको सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति सार्वजनिक नगरेको भन्दै प्रश्न उठिरहेका बेला आइतबार प्रधानमन्त्रीसहितका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । तर, सम्पत्ति विवरण सार्वजनिक भएलगत्तै उनीहरूमाथि ‘यति धेरै सम्पत्ति कहाँबाट आयो ?’ भन्दै प्रश्न उठ्न थालेको छ ।

विपक्षी दलका नेतादेखि सर्वसाधारणसम्मले सामाजिक सञ्जालमार्फत उनीहरूको सम्पत्ति आर्जनको स्रोतबारे संशय व्यक्त गरिरहेका छन् । वैकल्पिक राजनीतिको नारा दिएर सत्तामा पुगेका पात्रहरूको विलासी आर्थिक पृष्ठभूमिले धेरैलाई चकित बनाइदिएको छ । सार्वजनिक गरिएको विवरणमा घरजग्गा, सेयर, सुनचाँदीका गहनादेखि पशुधनसम्म उल्लेख छ । अधिकांश मन्त्रीहरूको सम्पत्ति विवरण हेर्दा उनीहरूको आर्थिक अवस्था निकै सम्पन्न देखिन्छ ।

कुन मन्त्रीको सम्पत्ति कति ?
बालेन शाह, प्रधानमन्त्री
–आमाको नाममा काठमाडौंमा ५ आनामा बनेको घर
–आमाकै नाममा धनुषामा १.२ बिघा जग्गा र घर
–बुबाको नाममा महोत्तरीमा ९ बिघा जग्गा
–पत्नीको नाममा १९० तोलाको गरगहना
–बैंकमा एक करोड ४६ लाख मौज्दात

डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री
–ललितपुरको सानेपामा दुई करोडको अपार्टमेन्ट
–ललितपुरकै भैँसेपाटीमा पाँच करोडको घर
–धुलिखेलमा तीन करोड ७५ लाखको अपार्टमेन्ट
–तनहुँको बन्दीपुरमा दुई करोडको घर
–बुबाको नाममा तीन ठाउँमा जग्गा
–काठमाडौंको चन्द्रागिरिमा तीन रोपनी जग्गा,
–गोरखाको सहिदलखनमा तीन रोपनी जग्गा
–गोरखा नगरपालिकामा पाँच रोपनी जग्गा
–चितवनको रत्ननगरमा पाँच कट्ठा जग्गा
– तनहुँको भानु नगरपालिकामा ६ रोपनी जग्गा
–बैंकमा ९० लाख बैंक मौज्दात
–सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता सेयर
–सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता सेयर
–नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाखको सेयर
–ठूलो खोलामा ६० लाखको सेयर
–अपर मादी खोला हाइड्रोमा तीन करोडको सेयर

सुधन गुरुङ, गृहमन्त्री
–८९ तोला सुन
–६ किलो चाँदी
–धनकुटाको कार्कीछापमा १९ रोपनी १५ आना जग्गा
–बुबाको नाममा चितवनको भरतपुरमा ३० कट्ठा जग्गा
–बाजेको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी जग्गा
–बैंकमा ६१ लाख ६२ हजार ९५० रुपैयाँ मौज्दात
–चार करोड ३१ लाख ५६ हजार दुई सय मूल्यको सेयर

सस्मित पोखरेल, शिक्षामन्त्री
–कुल २४ करोड १६ लाख २७ हजारको सम्पत्ति
–७५ लाख ऋण
–काठमाडौंमा नौ करोडको दुई वटा घर
–काठमाडौं, ललितपुर र मोरङमा पाँच ठाउँमा जग्गा
–अनुमानित २५ तोला सुन र १०० तोला चाँदी
–विभिन्न बैंकमा चार लाख ४७ हजार र पाँच डलर मौज्दात
–परिवारका सबै सदस्यको नाममा ३० लाख मूल्यको सेयर
–बुबाको नाममा ९० लाख ८६ हजारको राष्ट्रिय बचतपत्र
–आमाको ५० लाखको राष्ट्रिय बचतपत्र
–२५ लाखको हायर पर्चेज कर्जा र ५० लाखको ओडी कर्जा
–जम्म एक करोड १० लाखको दुईवटा गाडी

परराष्ट्रमन्त्री, शिशिर खनाल
–बुबाको नाममा काठमाडौंको टोखामा ६ आनामा बनेको घर
–बुबाकै नाममा तनहुँको भानु नगरपालिकामा १५ रोपनी जग्गा
–नवलपुरासी पूर्वको देवचुलीमा १३ रोपनी जग्गा
–नेपालगन्जमा दुई कट्ठा जग्गा
–२२ तोला सुन
–२५ तोला चाँदी
–१० लाख नगद
–४० लाखको गाडी
–विभिन्न बैंकमा १३ लाख मौज्दात
–पिक एन्ड ड्रप नेपालमा ३३ प्रतिशत सेयर
–रिग्पा इन्टरनेसनल प्रालिमा शतप्रतिशत सेयर
–ताजा एग्रो फार्ममा १६ प्रतिशत सेयर
– बिपिडब्लू माइक्रो फाइनान्समा २,५६० कित्ता सेयर
–ओम मेघाश्री फर्मास्युटिकल्समा ५ हजार कित्ता सेयर
–ग्लोबल आइएमई बैंकमा १०९ कित्ता सेयर
–नबिल बैंकमा ५० कित्ता सेयर
–एमएनबिबिएलमा ७३ कित्ता सेयर
–अन्यमा १०० कित्ता सेयर
–श्रीमतीको नाममा चन्दागिरि हिल्समा ३० कित्ता सेयर
–जोशी हाइड्रोपावरमा २०० कित्ता सेयर
–मुक्तिनाथ विकास बैंकमा ११२ कित्ता सेयर
–नेपाल बैंकमा २०० कित्ता सेयर
–नेसनल हाइड्रोपावरमा १०० कित्ता सेयर
–एनआइबिएल एसआइपीमा ४,६३३ कित्ता सेयर
–एनआइएमबीमा १०० कित्ता सेयर
–नेपाल रिपब्लिक मिडियामा १२५ कित्ता सेयर
–राथी हाइड्रोपावरमा २४ कित्ता सेयर
–समता लघुवित्तमा २० कित्ता सेयर
–सुपर मादी हाइड्रोपावरमा १०० कित्ता सेयर
–शिवश्री हाइड्रोपावरमा १५० कित्ता सेयर
–युनियन हाइड्रोपावरमा २०० कित्ता सेयर
–उन्नति सहकारीमा ७० कित्ता सेयर
–पविारको नाममा २० लाखको बैंक ऋण
–५५ लाखको व्यक्तिगत ऋण
–२५ लाख ऋण दिएको

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ
–बुबाको नाममा काठमाडौंको– २४ मा दुई आनामा बनेको घर
–काठमाडौं १३ मा चार आनामा बनेको घर
–१५ तोला सुन
–५० तोला चाँदी
–बैंकमा ८० लाख ४० हजार मौज्दात
–एक करोड ४५ लाख ४८ हजार मूल्यको सेयर
–दुईवटा गाडी
–एउटा स्कुटर
–तीन लाखको घडी

सुनील लम्साल, भौतिक पूर्वाधारमन्त्री
–पारिवारिक सदस्यको नाममा रूपन्देहीको तिलोत्तमामा एक कट्ठा १० धुरको घर
–नवलपरासीको कावासोतीमा १० कट्ठा १५ धुर जग्गा
–स्याङ्जाको बिरुवा नगरपालिकामा सात रोपनी खेत र २२ रोपनी बारी
–३० तोला सुन
–५० तोला चाँदी
–विभिन्न बैंकमा ९० लाख मौज्दात

सोविता गौतम, कानुनमन्त्री
–पतिको नाममा काठमाडौं– ३ मा घर
–सासूआमाको नाममा चितवनको भरतपुरमा घर
–१५ तोला सुन
–९ तोला चाँदी
–एक तोला हिरा
–बैंकमा १० लाख ५० हजार मौज्दात
–ग्लोब ट्रट हिमालय टुर्स एन्ड ट्रेक्समा ५० प्रतिशत लगानी
–सोपान मल्टिपल कम्पनी लिमिटेडमा प्रमोटर सेयर ६ हजार पाँच सय कित्ता सेयर
–३८ लाख ऋण
–९५ लाखको गाडी
–दुई वटा स्कुटर

सीता बादी, महिला, बालबालिकामन्त्री
–ससुराको नाममा काठमाडौंको बुढानीलकण्ठमा घरसहित जग्गा
–आफ्नै नाममा सुर्खेतमा ८९.६५ वर्गमिटर जग्गा
–पतिको नाममा नुवाकोटमा ६३९०.६५ वर्गमिटर जग्गा
–१८ तोला सुन
–१५ तोला चाँदी
–विभिन्नमा १५ लाख मौज्दात
– ५० हजार नगद
–पाँच हजार ६ सय कित्ता सेयर
–स्कुटर र पल्सर मोटरसाइकल
–२० वटा कुखुरा र एउटा कुकुर

प्रतिभा रावल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
–काठमाडौंको बुढानीलकण्ठ चपलीमा पाँच आना जग्गा
–बाराको कोलाबीमा १७ धुर जग्गा
–२५ तोला सुनका गरगहना
–२४ लाख ७८ हजार ७६० रुपैयाँ विभिन्न बैंकमा मौज्दात
–एक लाख मूल्यको सेयर
– ४४ लाखको गाडी
–२० लाख ऋण

निशा मेहता, स्वास्थ्यमन्त्री
–काठमाडौंको सौखेलमा सात आना जग्गा
–३० तोला सुन, ५० तोला चाँदी र हिराको औँठी
–१७ लाख २३ हजार ५३५ रुपैयाँ विभिन्न बैंकमा मौज्दात
–८८ हजार ३३७ रुपैयाँको २४० कित्ता सेयर
–२५ लाख मूल्यको गाडी
–सासू र ससुराको नाममा घर
–महोत्तरीको बल्वामा सात बिघा जग्गा

खडकराज पौडेल, पर्यटनमन्त्री
–भाउजूको नाममा पोखरामा दुई करोड ६० लाखको घर
–आमाको नाममा पोखरामै तीन ठाउँमा ३८९१.०७, १३११.६० र १३८ वर्गमिटर जग्गा
–११ तोला सुन
–पाँच तोला चाँदी
–बैंकमा २२ लाख ७३ हजार मौज्दात
–१८ हजार १५२ कित्ता सेयर
–एक करोड ४० लाख ऋण
–दाईको नाममा ३५ लाखको गाडी
–दुईवटा स्कुटर
–फार्म हाउसमा दुई करोड लगानी
–बर्थडे जोन स्टोर्स प्रालिमा १५ लाख लगानी

डा. विक्रम तिमिल्सिना, सञ्चारमन्त्री
–काठमाडौंको नागार्जुनमा घर
–काठमाडौंमा १७४.८५ वर्गमिटर जग्गा
–एउटा मंगलसूत्र, डेढ तोलाका दुई औँठी, आधा तोलाको तिलहरी, दुई बाला, एक मोतीमाला र १० तोला चाँदी
–बैंकमा १० लाख मौज्दात
–४८ लाख ऋण दिएको
–२३ लाखको गाडी

गीता चौधरी, कृषिमन्त्री
–बर्दियाको राजापुरमा ३० लाखको जग्गा
–श्रीमानको नाममा रूपन्देहीको सैनामैनामा १,१५० वर्गमिटर जग्गा
–पाँच तोला सुन
–१०० तोला चाँदी
–बैंकमा एक लाख २६ हजार मौज्दात
–दुई लाख ५० हजारको सेयर
–तीन लाख ३० हजारको स्कुटर
–६५ हजारको ल्यापटप
–९० हजारको मोबाइल
–५० हजारको घडी

गौरीकुमारी यादव, उद्योगमन्त्री
–काठमाडौंमा एक रोपनी एक आनामा बनेको तीन तले घर
–काठमाडौंको तीन ठाउँमा क्रमशः १४ आना, सात आना र नौ आनाका जग्गा
–महोत्तरीको बर्दीबासमा तीन ठाउँमा १४ कट्ठा, १५ कट्ठा र साढे पाँच बिघा जग्गा
–सम्सी गाउँपालिकामा एक बिघा र मनरासिसवामा अर्को एक कट्ठा जग्गा र एउटा पोखरी
–१८० तोला सुन
–दुई किलो चाँदी
–दुई सेट हिरा
–विभिन्न बैंकमा १० लाख मौज्दात
–तीन करोड ३८ लाख ३५ हजारको सेयर
–एक लाख ८७ हजारको अटो
–५७ लाखको गाडी
–३३२ कित्ता जग्गा बिग मार्टलाई लिजमा प्रदान
–एक करोड ६० लाख ऋण

रामजी यादव, श्रममन्त्री
–सप्तरीको राजविराजमा ११.१३ आनामा बनेको घर
–तीन ठाउँमा जग्गा
–८० तोला सुन र १५० तोला चाँदी
–विभिन्न बैंकमा ७० लाख मौज्दात
–दुई लाख ७० हजारको मोटरसाइकल
–दुई लाख ५० हजारको म्याकबुक
–दुई लाख २६ हजारको आइफोन

सम्पत्ति विवरण सार्वजनिक हुनु सकारात्मक कदम भएपनि यसले मन्त्रीहरूलाई पारदर्शी बनाउनुको साटो उनीहरूको ‘अस्वाभाविक’ देखिने सम्पत्तिमाथि थप नैतिक प्रश्न खडा गरिदिएको छ । अबको चुनौती ती सम्पत्तिको कानुनी स्रोत पुष्टि गर्नु र सार्वजनिक विश्वास कायम राख्नु नै हो । जनताले विश्वास गरेर झण्डै दुई तिहाई बहमुतसहित सत्ताको बागडोरमा पु¥याएका प्रधानमन्त्री र मन्त्रीहरूले अब जनतालाई कसरी विश्वास दिलाउलान् ? त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्