Logo
Logo

स्ट्रेट अफ हर्मुजमा जहाजमाथि गोलाबारी


6.7k
Shares

काठमाडौं । स्ट्रेट अफ हर्मुजमा तेल ट्याङ्कर र व्यावसायिक जहाजलाई लक्षित गरी गोली प्रहार भएको छ । बेलायतको समुद्री व्यापार सञ्चालन एजेन्सी यूकेएमटीओका अनुसार इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभलुसनरी गार्ड कोर (आईआरजीसी) का दुई वटा लडाकु डुङ्गाले एउटा ट्याङ्करलाई लक्षित गरी गोली चलाएका हुन् ।

ओमनको तटबाट २० नौटिकल माइलको दूरीमा उक्त ट्याङ्करमाथि हमला भएको हो । ट्याङ्करका क्याप्टेनका अनुसार ती दुई वटा लडाकु डुङ्गाले रेडियोमार्फत कुनै चेतावनी वा जानकारी नदिई अचानक अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

बेलायती निकायले आफ्नो पछिल्लो सूचनामा आक्रमणबाट जहाज र त्यसमा रहेका चालक दलका सदस्यहरू सबै सुरक्षित रहेको जानकारी दिएको छ ।

यसअघि समाचार संस्था रोयटर्सले दुई व्यावसायिक जहाजलाई लक्षित गरी गोली प्रहार भएको जनाएको थियो । यससँगै स्ट्रेट अफ हर्मुजमा थप अनिश्चय पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्