Logo
Logo

फेरी पाकिस्तान पुगे इरानी विदेशमन्त्री 


504
Shares

काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघची फेरि पाकिस्तानको राजधानी इस्लामाबाद फर्किएका छन् । दुई दिनभित्र यो उनको दोस्रो भ्रमण हो । यस क्रममा उनले पाकिस्तानी नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

The current image has no alternative text. The file name is: iran-2.jpg

इस्लामाबादमा केही समय बसेपछि अराघची रुसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यसअघि शनिवार उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनीरसँग भेट गरेका थिए ।

भेटका क्रममा उनले इरानका सर्तहरू र अमेरिकाका मागप्रति आफ्नो आपत्ति पाकिस्तानसमक्ष राखेका थिए। इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने र आफ्नो धारणा पाकिस्तानमार्फत मात्रै पुर्‍याउने स्पष्ट गरेको छ ।

शनिवार साँझ अराघची ओमान गएका थिए । त्यहाँ उनले ओमानका सुल्तान तारिक बिन हैथमसँग भेट गर्दै युद्ध रोक्ने र शान्ति स्थापना गर्ने प्रयासबारे छलफल गरेका थिए ।

अब अराघची रुसको सेन्ट पिटर्सबर्गमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् । भेटमा अमेरिका-इजरायल-इरानबीचको तनाव, युद्धको अवस्था र शान्ति वार्ताको सम्भावनाबारे छलफल हुने बताइएको छ ।

इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार वर्तमान तनावपूर्ण अवस्थामा युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र बनाइएका छन् । बैठकमा रुसका विदेशमन्त्री सर्गेई लावरोभ पनि सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्