Logo
Logo

नेपालमा बीवाइडीको प्रिमियम ब्रान्ड ‘डेन्जा’ सार्वजनिक


1.3k
Shares

काठमाडौं । चिनियाँ सवारी उत्पादक कम्पनी ‘बिल्ड योर ड्रिम्स’ (बीवाइडी) को प्रिमियम ब्रान्ड ‘डेन्जा’ औपचारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ ।

The current image has no alternative text. The file name is: Byd-D8.jpg

नेपालका लागि यसको आधिकारिक विक्रेता साइमेक्स इंकले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी यो ब्रान्डलाई भित्र्याएको हो। यसअघि सन् २०२५ मा काठमाडौंमा आयोजित ‘बीवाइडी हाई-टेक विक’ मा समेत प्रदर्शन गरिएका यी गाडीहरूका लागि कम्पनीले काठमाडौंको नक्सालमा एउटा छुट्टै र व्यवस्थित ‘डेडिकेटेड’ शोरुम समेत तयार गरिसकेको छ।

नेपाली बजारमा डेन्जाका ‘डि-५’ र ‘डि-८’ गरी दुईवटा प्रिमियम मोडलहरू सार्वजनिक गरिएको छ। यीमध्ये डेन्जा डि-५ एक प्रिमियम प्लग-इन हाइब्रिड एसयूभी हो, जसमा १.५ लिटरको टर्बो पेट्रोल इन्जिन र ३१.८ किलोवाट आवरको ब्याट्री क्षमता रहेको छ। इन्धन र विद्युत् दुवैको शक्ति प्रयोग गर्ने यो गाडीले ७८० देखि ८५० किलोमिटरसम्मको लामो रेन्ज प्रदान गर्दछ। यसको प्रिमियम भेरियन्टमा २० इन्चको आकर्षक ह्वील र अन्य अत्याधुनिक सुविधाहरू उपलब्ध गराइएको छ।

विलासिता र प्रविधिलाई विशेष प्राथमिकता दिइएका यी गाडीहरूमा १५.६ इन्चको ठूलो इन्फोटेनमेन्ट स्क्रिन, मसाज सिट र उत्कृष्ट साउन्ड सिस्टम जस्ता सुविधाहरू समावेश छन्। सुरक्षाका लागि यसमा बीवाइडीको चर्चित सुरक्षित ‘ब्लेड ब्याट्री’ प्रविधि र एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) जडान गरिएको छ। डेन्जा बीवाइडी र विश्वप्रसिद्ध मर्सिडिज-बेन्जको संयुक्त लगानीबाट स्थापित ब्रान्ड भएकाले यसलाई नेपाली सडकमा निकै विलासी र प्रविधिमैत्री विकल्पको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्