काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनाले होर्मुजको जलमार्गबाट गुज्रिरहेका व्यापारिक जहाजहरूमा आक्रमण गरिरहेका सातवटा साना इरानी जहाजहरू डुबाएको दाबी गरेका छन् । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले छ वटालाई ध्वस्त पारेको बताएको छ ।

ट्रम्पका इरानसँग निष्पक्ष सम्झौता या अर्को आक्रमणको लागि तयार हुने विकल्प रहेको बताए । यदि इरानी सेनाले अमेरिकी जहाजहरूलाई लक्षित गर्ने गल्ती गरे भने उनीहरूलाई पृथ्वीको सतहबाट मेटाइने धम्की ट्रम्पले दिए ।
अमेरिकाले सोमबार हर्मुजको जलमार्ग नजिकै अपरेशन प्रोजेक्ट फ्रिडम सुरु गर्यो, जसले गर्दा त्यहाँबाट गुज्रने व्यापारी जहाजहरूलाई सुरक्षा प्रदान गरियो । यसै अवधिमा द्वन्द्व सुरु भएको हो ।
इरानले होर्मुजमाथि आफ्नो नियन्त्रण रहेको र आफ्नो अनुमति बिना कुनै पनि जहाजलाई जान नदिने बताएको छ ।












