Logo
Logo

इरानसँगको युद्ध चाँडै समाप्त हुन्छ : ट्रम्प


504
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनावपूर्ण स्थिति र युद्ध छिट्टै अन्त्य हुने दाबी गरेका छन् ।  बुधवार साँझ एक सार्वजनिक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले आफूहरू इरानसँगको युद्धलाई लम्ब्याउने पक्षमा नरहेको बताएका हुन् । 

The current image has no alternative text. The file name is: trump.jpg

जर्जियाका गभर्नर पदका लागि रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘अहिले जे भइरहेको छ, त्यसको पछाडि एक विशेष र महत्त्वपूर्ण कारण छ । हामी इरानलाई कुनै पनि हालतमा परमाणु हतियार निर्माण गर्न दिने छैनौँ। हामीले गरिरहेको कार्य सही छ भन्ने कुरा धेरैलाई थाहा छ र यो सबै प्रक्रिया छिट्टै टुङ्गिनेछ ।’

ट्रम्पले आफू हाल होर्मुज स्ट्रेटको सुरक्षा र इरानको परमाणु कार्यक्रमका विषयमा एउटा ठोस सम्झौता गर्ने प्रयासमा रहेको बताए । 

सीएनएनका अनुसार, अमेरिकाले अघि सारेको पछिल्लो प्रस्तावमाथि इरानले बिहीबार आफ्नो औपचारिक जवाफ पठाउने तयारी गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी प्रस्तावका सम्बन्धमा इरानको धारणा पाकिस्तानी मध्यस्थकर्ताहरूलाई हस्तान्तरण गरिने जानकारी दिएको छ ।

अमेरिका र इरान दुवै पक्ष यतिबेला युद्ध अन्त्य गर्ने गरी सम्झौतातर्फ केन्द्रित भएका छन् । यद्यपि, इरानले भने अमेरिकी प्रस्तावमाथि अझै गम्भीर छलफल र विचार भइरहेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्