Logo
Logo

अछाममा भारतको आर्थिक सहयोगमा बन्ने विद्यालय भवनको शिलान्यास


504
Shares

काठमाडौं । अछामको मेल्लेख गाउँपालिका-४ मा रहेको श्री बासुकी माध्यमिक विद्यालयको भवन निर्माणका लागि आज भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउदले संयुक्त रूपमा शिलान्यास गरेका छन्।

भारत सरकारको आर्थिक सहयोग करिब ३ करोड ८० लाख रुपैयाँको लागतमा यस विद्यालय भवनको निर्माण हुँदैछ। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना मेल्लेख गाउँपालिका, अछाममार्फत कार्यान्वयन गरिनेछ।

अछामको मेल्लेख गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे। उनीहरुले नयाँ संरचनाले मेल्लेख गाउँपालिका, अछामका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्