Logo
Logo

होर्मुज जलसन्धि खुला राख्न अमेरिका-चीन सहमत


504
Shares

काठमाडौं । चीन र अमेरिकाबीच होर्मुज जलसन्धि खुला राख्ने विषयमा सहमति भएको छ ।

The current image has no alternative text. The file name is: us-china.jpg

ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने उक्त जलमार्ग खुला राख्न दुवै देश सहमत भएका हुन् ।

यसअघि अमेरिकी अधिकारीहरूले इरान माथि दबाब बढाउन चीनसँग सार्वजनिक आग्रह गरेका थिए । फेब्रुअरी २८ मा अमेरिका र इजराएलले इरानमाथि आक्रमण गरेयता यो सामरिक जलमार्ग प्रभावित बनेको छ ।

यसैबीच चिनियाँ राष्ट्रपति सी ले होर्मुज जलसन्धिको सैन्यीकरण तथा यसको प्रयोगबापत शुल्क उठाउने कुनै पनि प्रयासको चीनले विरोध गर्ने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्