Logo
Logo

अस्ट्रेलियामा शार्क आक्रमणमा वृद्धि


315
Shares

काठमाडौं । पश्चिमी अस्ट्रेलियामा शनिवार सेतो शार्कले एक जना व्यक्तिलाई आक्रमण गर्दा  पिडितको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

The current image has no alternative text. The file name is: saark.jpg

पर्थ सहर नजिकैको रोटनेस्ट टापुबाट बिहान १०ः०० सार्कले आक्रमण गरेको प्रहरीले जनाएको छ । पीडित व्यक्तिलाई उद्धार गर्न सम्भव नभएको  अष्ट्रेलियाली प्रहरीले जनाएको छ ।

यो घटना पछि मानिसहरुलाई सामन्द्रिक पर्यटकीय गन्तव्य क्षेत्र वरपरको पानीमा जाँदा “अतिरिक्त सावधानी“ अपनाउन आग्रह गरिएको छ । 

सन् १७९१ देखि अष्ट्रेलियामा लगभग एक हजार ३०० शार्क आक्रमणमा घटनाहरू भएका छन्, । जसमा २६० जना भन्दा बढीको मृत्यु भएको जनाइएको छ । 

यस अघि गत जनवरीमा  सिड्नी हार्बरमा शार्कले आक्रमण गर्दा एक जनाको मृत्यु भएको थियो ।

यो आक्रमणसँगै दुई दिनको अवधिमा चार वटा घटना रेकर्ड गरिएको थियो, जसको कारण समुन्द्र तटका सहरका दर्जनौँ पर्यटकिय क्षेत्रहरुमा उच्च सतर्कता अपनाउनुको साथै केही बन्द गर्न बाध्य पारेको अधिकारीहरूले जनाइएका छन् ।  सहरमा हालै शार्क सँग सम्बन्धित घटनामा मृत्यु भएको यो तेस्रो घटना हो ।

अस्ट्रेलियाका वैज्ञानिकहरूले बढ्दो भीड–भाडयुक्त वातावरण र पानी बढ्दो समुद्री तापक्रमले शार्कलाई प्रभावित गरिरहेकोले आक्रमणमा वृद्धि भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्