Logo
Logo

कामना सेवा विकास बैङ्कद्वारा अनाथ र असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण 


441
Shares

काठमाडौं । कामना सेवा विकास बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोगँबु मार्फत “हाम्रो बाल संरक्षण धरोहर नेपाल” मा रहेका अनाथ र असहाय बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैङ्कको काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले एल.के.जी. देखि १० कक्षासम्मका २८ जना बालबालिकाहरूका लागि शैक्षिक सामग्री संस्थाका संस्थापक बिनिता अर्याललाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै संस्थापक अर्यालले संस्थाका अनाथ र असहाय बालबालिकाहरूको शैक्षिक पहुँचमा बैङ्कले गरेको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् । उनले बैङ्कद्वारा गरिएको सहयोगले बालबालिकाहरूको अध्ययनमा थप प्रेरणा मिल्ने पनि बताए । यस अवसरमा बालबालिकाहरूले खुसी र उत्साह व्यक्त गर्दै बैङ्कप्रति आभार व्यक्त गरिन् ।

कामना सेवा विकास बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैङ्कले आगामी दिनहरूमा पनि यस प्रकारका सामाजिक र शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्