Logo
Logo

चीनमा कोइला खानी विष्फोट : ८२ जनाको मृत्यु, ९ जना अझै बेपत्ता


378
Shares

काठमाडौं । उत्तरी चीनको सान्सी प्रान्तस्थित एक कोइला खानीमा भएको ग्यास विष्फोटमा परी ८२ जनाको मृत्यु भएको छ । सान्सी प्रान्तको क्यिनुआन काउन्टीस्थित लिउसेन्यु कोइला खानीमा शुक्रवार उक्त दुर्घटना भएको हो ।

The current image has no alternative text. The file name is: chaina-1.jpg

विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको पुष्टि भएको छ भने अन्य ९ जना कामदार अझै खानीभित्र फसिरहेका छन् । अहिले उद्धार कार्य जारी रहेको छ । खानीभित्र फसेकाहरूको खोजी र उद्धारका लागि सुरक्षाकर्मी तथा उद्धारकर्मीहरू परिचालन गरिएको छ । 

विष्फोटको विस्तृत विवरण र क्षतिको पूर्ण विवरण संकलन गर्ने क्रम जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्