Logo
Logo

आजका २० मुख्य समाचार: प्रधानमन्त्री बालेनका कारण संसद्मा हङ्गामादेखि डोजर अभियानसम्म- भिडियो


0
Shares

१. प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म अवरोध जारी राख्ने प्रतिपक्षीको अडान, प्रधानमन्त्रीलाई सम्भवतः एक हप्ताभित्रै आउने सदनमा ल्याउने रास्वपाको प्रतिबद्धता ।

२. प्रधानमन्त्री बालेनको दबाब र प्रभावमा परेर निरीह बने सभामुख डीपी अर्याल, प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी बनाउन र रुलिङ गर्ने नसकेकोप्रति विपक्षीको आपत्ति ।

३. युरोपेली प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री बालेनले लोकतान्त्रिक मूल्य र राजनीतिक स्थिरताप्रति जनाए प्रतिबद्धता, आर्थिक समृद्धि र विकासका लागि सहकार्य गर्न तयार । 

४. तत्काल मलको व्यवस्था गर्न रास्वपा सांसद डा. अमरेशकुमार सिंहलको माग, उखु किसानको भुक्तानीको व्यवस्था गर्न पनि सरकारलाई गराए ध्यानाकर्षण ।

५.  सभामुख डीपी अर्याल र नेपालका लागि कोरियाली राजदूत पार्क थेयङबीच भेटवार्ता, नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल ।

६. जीवी राई कहिले पक्राउ पर्छन् भनी श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संसदमा गरे प्रश्न, सहकारी ठगीका पीडितलाई राहत दिनुपर्ने तर सरकारी ढुकुटीबाट दिन नहुने भनाइ । 

७. मधेश प्रदेशमा सरकार विस्तारको तयारी, कांग्रेस, एमाले र नेकपाबीच १५ बुँदे सहमति, चार मन्त्रीलाई शपथ खुवाउने तयारी । 

८. रास्वपा सांसद जगदीश खरेलले प्रतिपक्षीको विरोधलाई ‘तमासा’ भनेपछि संसद्मा हङ्गामा,  उक्त शब्द अपमानजनक र असंसदीय भएको भन्दै संसद्को रेकर्डबाट हटाउन नेकपाको माग ।

९. संविधान संशोधनका लागि सबैको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्न कांग्रेस सांसद अर्जुननरसिंह केसीको माग, पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन आग्रह ।

१०. ट्याक्सीको नयाँ दर्ता खोल्न सांसद महावीर पुनको माग, काठमाडौंको जनसंख्यामा उल्लेख्य वृद्धि भएपनि ट्याक्सीको संख्या नबढाउँदा मिलेमतो र सिन्डिकेटलाई प्रश्रय दिने तर्क ।

११. प्रधानमन्त्रीले एक मिनेट भएपनि संसदमा सम्बोधन गर्नुपर्ने नेकपा प्रमुख सचेतक युवराज दुलालको भनाइ, प्रतिपक्षको आवाजलाई बेवास्ता गरेको आरोप ।

१२. प्रतिनिधि सभाका ६ सदस्यले बुझाएनन् सम्पत्ति विवरण, सम्पत्ति विवरण नबुझाउने ५ जना रास्वपाका सांसद, नेकपाका एकजना सांसदले पनि बुझाएनन् सम्पत्ति विवरण । 

१३. नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न नेपाली औषधि उत्पादकहरूको माग, औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने नीति बनाउन सुझाव । 

१४. विदेशमा रहेका नेपालीको गुनासो र समस्या सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले ल्यायो ’मोफा मित्र’ एप, विदेशमा रहेने नेपालीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री शिशिर खनालको भनाइ ।

१५. सभामुख डीपी अर्यालको आदेशबिनै संसद् बैठकबाट निकालिइन् कांग्रेस सांसद गीता सेन्दाङ, बैठक चलिरहेका बेला फोटो खिचेपछि मर्यादापालकले सेन्दाङलाई बाहिर निकालेको जानकारी ।

१६. यस वर्षको मनसुनमा हुनसक्ने सम्भावित विपद् प्रतिकार्यको कार्ययोजना सार्वजनिक, मनसुनजन्य विपद्को प्रतिकार्यका लागि २६ हजार सुरक्षाकर्मी परिचालन गरिने ।

१७. काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका २, ३ र ४ वडामा बर्डफ्लु सङ्क्रमण पुष्टि, सङ्क्रमण फैलिएका क्षेत्रका पक्षी, अण्डा र दाना नष्ट गरियो । 

१८. पोखराको फिर्केखोला क्षेत्रमा २ दिनमा ५१ वटा अतिक्रमित संरचना हटाइयो, खोलाको प्राकृतिक बहाव सुचारु गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना ।

१९. त्रिवि मैदान सम्झौताबारे क्यानसँग त्रिभुवन विश्वविद्यालयले राख्यो शर्त, विश्वविद्यालयसँग सहमति लिएर र खेल तालिका बुझाएर मात्रै प्रतियोगिता गर्नुपर्ने ।

२०. र, इजरायली सेनाले लेबनानमा फेरि ग¥यो हवाई आक्रमण, जवाफमा हिजबुल्लाहद्वारा २२ ड्रोन र रकेट प्रहार, इजरायली सेना र ब्यारेकहरूलाई बनायो निशाना ।

प्रतिक्रिया दिनुहोस्