
काठमाडौं । सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर बेच्ने बताए ।
पुस मसान्तभित्र जनस्तरमा सेयर बेच्ने र त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने घोषणा गरे ।














