
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बजेट छुट्याइएको जानकारी दिएका हुन् । चालु आर्थिक वर्षका लागि कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
यस्तै आव २०८१÷८२ मा ५८ अर्ब ९८ करोड विनियोजन भएको थियो ।














