Logo
Logo

टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ


1.6k
Shares

काठमाडौं । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारी प्रहरीले पक्राउ परेकी छन् । उनलाई थाइल्यान्डबाट पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । शनिवार राति उनलाई नेपाल ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताएका छन् । 

The current image has no alternative text. The file name is: tulasha.jpg

उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भैसकेको छ । अधिकारीलाई थुनछेक प्रयोजनको लागि अदालतमा उपस्थित गराइने भएको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएकी अधिकारीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेको हो । 

उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरेर सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको थियो । अधिकारीविरुद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए । मुद्दामा अधिकारी सहित १० जना प्रतिवादी छन् । 

तुल्सा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीले व्यवसायीलाई बलात्कार मुद्दामा फसाउँछु भनेर लगातार ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको आरोप लगाएका छन् । ब्ल्याकमेलिङ गरेर अधिकारीले आफूसँग ४ करोड ५० लाख बराबरको नगद र जिन्सी लिएको व्यवसायीले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्