Logo
Logo

राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै


504
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को असन्तुष्ट पक्षको बैठक आज बस्दै । बैठक कान्तिपथस्थित यलो प्यागोडा होटलमा दिउँसो १ बजे बस्ने भएको हो ।

असन्तुष्ट पक्षको नेतृत्वमा महामन्त्री डा. धवल शमशेर राणाले गरिरहेका छन् । उनकै नेतृत्वमा आजको बैठक बस्न लागेको हो ।

बैठकमा सामूहिक राजीनामाको विषयमा छलफल हुने नेताहरुले बताएका छन् । काठमाडौंमा उपलब्ध असन्तुष्ट पक्षका पदाधिकारी र केन्द्रीय सदस्य बैठकमा सहभागी हुन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्