Logo
Logo

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 


945
Shares

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक  आज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

The current image has no alternative text. The file name is: parliyament-3.jpg

बैठकमा  प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधिसभा नियमावली  मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि दफावर छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई निर्णायक प्रस्तुत गरिनेछ ।

त्यस्तै, अर्थमन्त्री डा।स्वणिम वाग्लेले नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक २०८३ प्रस्तुत गर्नेछन् ।

यसैगरी बैठकमा युवा,श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी १९४७ (नं.८१) पेश गर्ने कार्यसूची छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धी १०३० सम्बन्धी सन् २०१४ क प्रोटोकल नं।२९ पेश हुने कार्यसूचीमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्