Logo
Logo

संसदमा प्रधानमन्त्रीको जवाफ- ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्नुस्


378
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौंको सुकुम्वासी बस्तिमा रहेका नागरिकहरुको ज्यान जोखिममा रहेकाले सरकारले उनीहरुको व्यवस्थापन गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै उनले ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्न आग्रह गरे ।

उनले भने, ‘उहाँहरुको एकदमै संवेदनशील अवस्थामा हुनुहुन्थ्यो । म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई उनीहरुलाई स्थान्तरण गरेर होल्डिङ सेन्टरमा राख्नुपर्ने र वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्ने सुझाव दिएको थिएँ । अहिले त्यही अनुरुप काम भइरहेको छ । ३५ वर्षमा समाधान नभएको कुरा ३५ मिनेटमा नखोज्नुस ।

उनले कहाँ कहाँ नेपालले सिमा मिचेको छ भन्ने चाहिँ खुलाएनन् । नेपालका कुनै पनि प्रधानमन्त्रीले आफ्नो देशले छिमेकी देशको सिमा मिचेको अभिव्यक्ति दिएको यो सम्भवत पहिलोपटक हो ।

प्रतिक्रिया दिनुहोस्