Logo
Logo

बालेनले संसद् र जनतासँग माफी माग्नुपर्छ : एमाले


504
Shares

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा दिएको राष्ट्रहित विपरीतको भनाइप्रति तत्काल संसद् र आम नेपाली जनतासँग माफी माग्नुपर्ने बताएको छ । महासचिव शङ्कर पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा शाहलाई कूटनीतिक मर्यादाको पालना गर्न र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग प्रशस्त गर्न माग गरिएको छ ।

The current image has no alternative text. The file name is: umla.jpg

‘प्रधानमन्त्री वालेन्द्र शाहको उक्त गैरजिम्मेवार अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा सरकारलाई स्पष्ट, तथ्यपरक र जिम्मेवार ढङ्गले प्रस्तुत हुन जोडदार माग गर्दछ । नेपालको एक इन्च भूमि पनि कसैलाई छोड्न नसकिने अडानमा सिङ्गो देश अडिग छ’, विज्ञप्तिमा भनिएको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा भारतीय अतिक्रमणको समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रलाई छाडेर ब्रिटिस इन्डिया वा बेलायतको प्रसङ्ग जोड्नु पूर्णतः असान्दर्भिक र कूटनीतिक अपरिपक्वता भएको एमालेको ठहर छ ।

एमालेले भनेको छ-‘नेपाल-भारतबीच लिम्पियाधुरा, कालापानी, लिपुलेक तथा सुस्तासहित विभिन्न ७१ स्थानमा सीमा समस्या रहेको तथ्य सरकारी अभिलेखमै प्रस्ट छ । यस्ता विवादहरूको समाधान ऐतिहासिक तथ्य, प्रमाण, कूटनीतिक संवाद र अन्तर्राष्ट्रिय मान्यताका आधारमा हुनुपर्नेमा, आफ्नो कमजोरी लुकाउन ‘नेपालले पनि सीमा मिचेको छ’ भन्नु राष्ट्रिय हितमाथिको ठूलो कुठाराघात हो । खेती कमाइ वा नदीले धार परिवर्तन गर्दा हुने प्राविधिक क्रस होल्डिङलाई राज्यस्तरबाट भएको रणनीतिक भूमि अतिक्रमणसँग तुलना गर्नै मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्