Logo
Logo

‘पपुलिस्ट’ शक्तिहरू देशको सार्वभौमसत्तामाथि हमलामा उत्रिएः विशाल भट्टराई


252
Shares

काठमाडौं । नेकपा (एमाले) का नेता विशाल भट्टराईले ‘पपुलिस्ट’ भनिने शक्तिहरूले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रहार गरिरहेको आरोप लगाएका छन् ।

एमाले संगठन विभागद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीमाथि हुँदै आएका हमलाहरू अहिले मुलुककै विरुद्ध लक्षित हुन थालेको दाबी गरे । उनले संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्ति अतिक्रमणकारीले दिए जस्तो भएको बताए ।

नेता भट्टराईले प्रधानमन्त्री बालेन शाहले हामी अतिक्रमणकारी हौँ र अरुको भूमि कब्जा गर्छौं भनेर घोषणा गरेको जस्तो भएको टिप्पणी गरे ।

उनले भने, ‘अहिले पनि हाम्रो पार्टीविरुद्ध यस प्रकारका हमलाहरू जारी नै छन् । अहिले त पार्टीमाथि गरिएका हमलाले नपुगेर पपुलिस्टहरू देशविरुद्ध नै हमला गर्न उत्रिएका छन् । उनीहरू देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रश्न उठ्ने गरी अभिव्यक्ति दिइरहेका छन् । संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले खुला रूपमा हामी अतिक्रमणकारी हौँ, अरूको भूभाग कब्जा गर्छौँ भनेर घोषणा गरिरहेका छन् । यस्तो अवस्थामा हाम्रो पार्टीका श्रद्धेय अध्यक्षको प्रमुख आतिथ्यमा हुन गइरहेको यो कार्यक्रम विशेष महत्वको छ । खासगरी, उहाँलाई पक्राउ गरिसकेपछि संगठन विभागको यस कार्यक्रममा उहाँको यो पहिलो मन्तव्य हो । यस अर्थमा राष्ट्रिय राजनीतिको सन्दर्भमा एमालेका दृष्टिकोणहरू प्रश्तुत गर्नका लागि यो एक महत्वपूर्ण मञ्च हो ।’

भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको पछिल्लो राजनीतिक घटनाक्रम र पक्राउ पार्टीमाथिको हमला भएको बताए ।

प्रतिक्रिया दिनुहोस्