Logo
Logo

ओलीले भने– पार्टी अफ्ठ्यारोमा छ, नेतृत्व छोड्दिनँ


378
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने दृढता व्यक्त गरेका छन् ।

आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै उनले पार्टीलाई सफलताको मार्गमा डोहो¥याएर मात्र विधिसम्मत ढंगले विश्राम लिने स्पष्ट पारे । अध्यक्ष ओलीले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको आलोचना गरे ।

विगत केही समयदेखि स्वास्थ्यका कारण कार्यकर्ता र जनताको बीचमा सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उनले अब आफू पूर्ण स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्कने बताए ।

आफ्नो नेतृत्वको विषयमा चर्चा गर्दै ओलीले महाधिवेशनले आफूलाई प्रधानमन्त्री बन्नका लागि मात्र नभई संघर्षको नेतृत्व गर्न अध्यक्ष चुनेको स्मरण गराए । उनले कतिपयले आफ्नो मृत्युको समेत कामना गरेको उल्लेख गर्दै अहिले आफू दृढ संकल्पका साथ देश र आन्दोलनको रक्षाका लागि उभिएको बताए ।

उनले पार्टीलाई बलियो बनाएर विधि र प्रक्रियाअनुसार आफू विश्राम गर्ने स्पष्ट पारे । अध्यक्ष ओलीले राजनीतिक दल र नागरिकबीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्