Logo
Logo

सुधन गुरुङबारे छानबिन पूरा, प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश


1.4k
Shares

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन शाहसमक्ष बुझाएको छ ।

The current image has no alternative text. The file name is: sudan-gurung.jpg

पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित तीन सदस्यीय छानबिन समितिले ४५ पृष्ठको प्रतिवेदन तयार गरी बुधबार प्रधानमन्त्रीलाई बुझाएको हो । समितिका संयोजक भण्डारीका अनुसार छानबिन प्रक्रिया पूरा गरी प्रतिवेदन बुझाइएको छ। ‘हाम्रो तर्फबाट प्रक्रिया सम्पन्न गरेर प्रतिवेदन बुझाएका छौँ। अब बाँकी प्रक्रिया सम्बन्धित निकायबाट अघि बढ्छ,’ उनले भने ।

समितिले बयान, सम्पत्ति विवरण विश्लेषण तथा सम्बन्धित निकायसँगको परामर्शका आधारमा अनुसन्धान गरेको जनाएको छ।गत २८ वैशाखमा मन्त्रिपरिषद्को निर्णयअनुसार गठित समितिमा भण्डारीसहित महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका थिए ।

सुधन गुरुङमाथि व्यवसायी दीपक भट्टसँगको साझेदारी र सेयर लुकाएको आरोपपछि विवाद चर्किएको थियो। सम्पत्ति विवरण सार्वजनिक भएपछि देखिएका प्रश्नका कारण उनले ९ वैशाखमा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

व्यवसायी भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेपछि गुरुङको नाम समेत जोडिएपछि राजनीतिक रूपमा विवाद थपिएको थियो ।

राजीनामा दिँदै गुरुङले निष्पक्ष छानबिनको माग गरेका थिए । त्यसको करिब २० दिनपछि सरकारले छानबिन समिति गठन गरेको थियो । अब समितिको निष्कर्षअनुसार आगामी राजनीतिक र कानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्