Logo
Logo

वायु सेवा निगमको सञ्चालक समिति छनोट प्रक्रियामाथि सर्वोच्चको रोक


441
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट प्रक्रियामाथि सर्वोच्च अदालतले रोक लगाएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शुक्रबार (जेठ २२) समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो । सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट नेपाल वायु सेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो ।

सर्वोच्चले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र नेपाल वायु सेवा निगमको छनोट समितिका नाममा अन्तरिम आदेश भएको हो ।

प्रतिक्रिया दिनुहोस्